Logo

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा



काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो ।

त्यसैगरी तनहुँ– १ बाट निर्वाचित उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा– २ बाट निर्वाचित उम्मेदवार रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो ।

मनोनयन दर्ताका लागि निर्धारित समयसम्म सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा परेको छ । बारा–२ मा ३६ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी चितवन–२ मा २४ जनाले र तनहुँ– १ मा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot