Logo

कुखुरा मासुको मूल्य घट्यो



काठमाडौं, चैत २३ । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् ।

मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ ।

नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् ।

सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्