आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, चुनाव चिह्न पनि दिइने


काठमाडौं, चैत २३ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ। आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।

उम्मेदवारी फिर्ता लिनका लागि आयोगले आज दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदै छ।