Logo

‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै



काठमाण्डौ, चैत २४ । आज विश्व स्वास्थ्य दिवस सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot