Logo

अबको चुनौति क्वालिटीको हो– स्वर्णिम वाग्ले



काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अर्थशास्त्री डा. स्मर्णिम वाग्लेले अबको चुनौति क्वालिटिको भएको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरी वाग्लले आफूले तनहुँका निर्वाचन क्षेत्र भ्रमणका क्रममा संरचना निर्माण भएको देखेपनि तिनीहरुको संरक्षण र गुणस्तरमा चुनौति रहेको बताएका हुन् ।

‘अबको हाम्रो चुनौति क्वालिटीको भयो । बाटो छ तर गुणस्तरीय छैन । स्कूल छ तर त्यहाँ केही सिकिराखेका छैनन् । हेल्थपोष्ट छ, अन्य कुराहरु ठप्प छ । दर्वन्दी छैन । एम्बुलेन्स चल्दैन । कोरोनाको सुई आएको तीन महिनासम्म त्यसलाई परिचालन गरेर ग्रामिण भेगमा बस्ने दाजुभाई दिदी बहिनीले त्यो उपयोग गर्न पाएका छैनन् । फस्ट जेनेरेसनबाट सेकेन्ड जेनेरेसनको विकासका चुनौतिहरुमा गयौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot