Logo

लघुवित्तको ज्यादतीविरुद्धको रिले अनसनमा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) को ऐक्यवद्धता



काठमाडौं, २४ चैत्र । लघुवित्तको ज्यादतीविरुद्धको रिले अनसनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ऐक्यवद्धता जनाएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)  का महासचिव नहेन्द्र खड्काले रिले अनशन स्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका हुन् ।

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग विभिन्न मागहरु राख्दै गत चैत्र २१ गतेदेखि रिले अनशन सुरु गरेको हो । सामन्तीको रुपमा स्थापित लघवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, वित्तीय संस्थाहरुद्वारा लगाईएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गरिनु पर्ने लगायतका माग राखी संघर्ष समिति रिले अनशनमा रहेको छ ।

त्यसैगरी, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गरिनु पर्ने, समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ । आफ्ना मागलाई सरकारले गम्भीर भएर समाधान नगरेसम्म अनशन कायमै राख्ने संघर्ष समितिले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot