Logo

त्रिवेणी धाम राताशीलामा कोटीहोम महायज्ञ



काठमाडौं, २४ चैत्र । सुदूरपश्चिमको बैतडी पुर्चुडी नगरपालिकाको त्रिवेणी धाम राताशीलामा विराट कोटीहोम महायज्ञ सञ्चालन भइराखेको छ । गत चैत्र १० गतेदेखि व्यासाचार्य खेमराज ओझाको प्रवचनमा महायज्ञ संचालन भैरहेको हो ।

धार्मिक तथा पौराणिक महत्व रहेको उक्त स्थानमा पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञलाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पूर्वमन्त्री डा.रामचन्द्र अधिकारी लगायत हजारौं हिन्दु धर्मावलम्बीहरुको उपस्थितिमा रहने आयोजक समितिका अध्यक्ष वकिल बहादुर धानुकले बताए ।



प्रतिक्रिया दिनुहोस्