उपेन्द्र जिताउन लोसपाले बनायो जितेन्द्रलाई चुनावी कमाण्डर


काठमाडौं, २४ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा–२ को उपनिर्वाचनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन जितेन्द्र सोनललाई चुनावी कमाण्डर बनाएको छ।

लोसपाका युवा नेता केशव झाले दिएको जानकारीअनुसार पार्टीले पार्टीका मधेश प्रदेश अध्यक्ष सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको हो ।

लोसपाका कार्यकारिणी सदस्य समेत रहेका नेता सोनल बाराका प्रभावशाली नेता हुन् । उनी जसपा नेतृत्वको सरकार हुँदा मधेश प्रदेशको मन्त्रीसमेत भएका थिए । file photo/ReportersNepal