Logo

प्रचण्डसँगको भेटपछि लेखराजको प्रतिक्रिया : तत्काल माओवादीमा जाने सम्भावना छैन, त्यो विषयमा कुरा भएन



काठमाडौं, २६ चैत्र । नेकपा (एमाले) का सचिव लेखराज भट्टले तत्काल माओवादी केन्द्रमा फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनले यसतो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री दाहाल एमाले सचिव भट्टलाई भेट्न आज उनको निवास गेटामा पुगेका थिए । कैलालीको गेटास्थित् भट्टको निवासमा पुगेका दाहालले समसामयिक राजनीतिक विषयमा पनि कुराकानी गरेको बताईएको छ । दाहालले भट्टसँग भेटेर निस्किने क्रममा सो घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको खुलासा गरे । उनले भट्टको घरको माथिल्लो तलामा आफ्नो कोठासमेत रहेको स्मरण गराए । नेकपा विभाजन भएपछि भट्ट एमालेतिर लागेका छन् । नेकपाको विवादको उत्कर्षको बेलामा पनि उनी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा खुलेका थिए ।

सो क्रममा एमाले सचिव भट्टले भने आफू र प्रधानमन्त्री दाहालबीच लामो समयदेखिको सुमधुर र पारिवारिक सम्बन्ध रहेको खुलाए । उनले पारिवारिक र सममायिक राजनीतिकबाहेक अन्य विषयमा कुराकानी नभएको जिकिर गरे । उनले आफू फेरि माओवादीमा जाने विषयमा छलफल नभएको र अहिले त्यो सम्भव पनि नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्