५५ जना कोरोना संक्रमित थपिँदा, ११ जना निको भए


काठमाडौं, २६ चैत्र । देशभर पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२१६ जनामा परिक्षण गर्दा ५५ जना नयाँ संक्रमित थपिएका हुन्।

११ जना निको भएर घर फर्किदा पछिल्लो २४ घण्टामा २७९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल देशभर ३ सय ९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।