Logo

मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन, भोलि फेरि वार्ता हुने



काठमाडौं, २६ चैत्र । मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन बनेको छ।

आइतबार अपरान्ह शान्तिवाटिकामा सुरु भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली र मिटरब्याजी पीडित समूहको टोलीबीच भएको वार्ता निष्कर्ष विहीन बनेको हो।

करिब १५ मिनेट भएको वार्तामा केही निष्कर्ष ननिष्किएपछि भोलि(सोमबार) पुन: बस्ने गरी वार्ता सकिएको गृहमन्त्रालयले जनाएको छ।

पीडितहरुले राखेको ६ बुँदे मागमा छलफलका लागि पीडितहरुले बनाएको वार्ता टोली ठूलो भएको र सानो बनाउन आग्रह गर्दै भोलि फेरि बस्ने गरेर वार्ता सकिएको गृहमन्त्रालयले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot