बागमती प्रदेश : कांग्रेसका दुई मन्त्रीले लिए शपथ


काठमाडौं, २६ चैत्र । बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई मन्त्रीले शपथ लिएका छन्।

नयाँ शपथ लिनेमा कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह तमाङ र तीर्थ लामा रहेका छन्।

बहादुर आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिँदा तीर्थले खानेपानी उर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका छन्।

उनीहरुले प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ।