Logo

बालेनको ठाडो निर्देशनमा आजपनि उठेन शीतल निवास, प्रधानमन्त्री निवास, मन्त्रि निवास र सिंहदरबारको फोहोर



काठमाडौं,२७ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको ठाडो निर्देशनमा हिजोबाट रोकिएको फोहोर संकलनकार्य आजपनि रोकिएको छ ।

वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको भन्दै मेयर बालेन्द्र शाहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए ।

मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई हिजो आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको थियो । केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर शाहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएका हुन् ।

मेयर शाह सरकारसँग कुरा नमिलेसम्म भिआईपी एरियारको फोहोर नउठाउने योजनामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot