Logo

पछिल्लो २४ घण्टा १ सय २४ जना कोरोना संक्रमित



काठमाडौं, २७ चैत । देशभर पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६६ जनामा कोरोना परिक्षण गर्दा १ सय २४ जना संक्रमित भएका हुन्।

देशभर २४ घण्टामा २९ जना कोरोना संक्रमित निको हुँदा ४४४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, १९ हजार २ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्