नागरिकता विधेयकलाई हामी अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २८ चैत्र । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकलाई अगाडि बढाउने बताएका छन्।

भैरहवामा पत्रकार भेटघाटमा बोल्दै श्रेष्ठले गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकलाई अगाडि बढाउने बताएका हुन्।

उनले भने, ‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताबिहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ।’