Logo

महाशिवरात्रीमा घोटाला, छानविनका लागि अख्तियार पठाउने तयारी



काठमाडौं, २८ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस वर्षको महाशिवरात्रीमा सम्झौता विपरितको काम भएको पाइएको बताएका छन् । छानविनका क्रममा महाशिवरात्रीमा घोटला भएको देखिएकाले छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भएको मन्त्री किराँतीले बताएका छन् ।

‘यस वर्षको महाशिवरात्रीको अवसरमा संचालित मेलामा सम्झौता विपरित काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै, पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएको काण्डमा भने अनुसन्धान गर्न पर्ने गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको मन्त्री किराँतीले बताएका छन् । File Photo/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्