Logo

संक्रमणकालीन न्याय टुंगोमा पु-याउन बीचको बाटो खोजिँदै



काठमाडौं, चैत २९ । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिनमा असहज नहुनेगरी बीचको बाटोबाट सहमतिमा अघि बढाउनेगरी समाधानको खोजी भइरहेको छ ।

प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचमा मंगलबार सो विधेयकसहित संवैधानिक परिषद्सम्बन्धी विधेयक र संसदीय समितिलाई पूर्णता दिने विषयमा बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा छलफल भएको थियो । सो छलफलमा सहमतिबाटै संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु(याउन सत्ता पक्ष र प्रमुख विपक्षी दल सहमत भए पनि विधि र प्रक्रियामा भने कुनै सहमति भएको छैन ।

यसअघि गत शनिबार नेकपा एमालेले फास्ट ट्र्याकबाट सो विधेयकलाई टुंग्याउे विषयमा कांग्रेस र माओवादी केन्द्रले राखेको प्रस्ताव अस्वीकार गरेको थियो । सो बैठकमा एमालेले संसदीय समितिबाट सो विधेयक’दयगत छलफल गराएर ल्याइनुपर्ने अडान लिएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाटै सो विधेयकलाई निर्णयमा पु¥याउनेगरी मुख्य दलबीच सहमति गरेर जान सकिने भन्दै थप छलफल गरेर अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । त्यसयता एमालेलाई पकाउन कांग्रेस र माओवादी केन्द्रको प्रयास रहँदै आएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot