Logo

कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित



काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित गरेका हुन् ।

स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्को सदस्य नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको छ ।

मुख्यमन्त्री कार्कीले नगरप्रमुख ३ जना, उपप्रमुख ३ जना, गाउँपालिका अध्यक्ष ३ जना, गाउँपालिका उपाध्यक्ष ४ जना र एक जना जिल्ला समन्वय समितिका प्रमुखलाई प्रदेश समन्वय परिषद्मा मनोनित गरेका हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot