Logo

राजनीतिक लेनदेनमा प्रधानन्यायाधीश नियुक्ति नगरियाेस् : भट्टराई



काठमाडाैं, वैशाख १ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वैशाख महिनाभित्र प्रधानन्यायाधीश नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् ।

‘हिजाे हामीसँग प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३ मा संसदीय सुनुवाइ समितिकाे टुंगाे लगाएर वैशाख ५ मा संवैधानिक परिषद्काे बैठक बाेलाउने प्रतिबद्धता जनाउनुभएकाे छ । अब प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढ्नेमा हामी आशावादी छाैं,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।

उनले राजनीतिक दलहरूलाई प्रधानन्याधीश नियुक्तिमा लेनदेन नगर्न पनि सचेत गराए । भट्टराईले भने, ‘हाम्रा राजनीतिक दलहरू एउटा विषयलाई अर्काे विषयसँग कम्प्राेमाइज वा लेनदेन गर्छन् । सत्य निरुपण विधेयकमा एमालेका सांसदहरूले ३४ वटा संशाेधन हालेका छन् । त्याे फिर्ता लिएपछि मात्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाइने हाे कि भन्ने हामीलाई आशंका छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot