Logo

मनास्लु वर्ल्ड स्कुलको अभिभावक अभिमुखीकरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं, वैशाख १ । चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुलले अभिभावक अभिमुखीकरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बुधवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच स्कुलले आफ्ना अभिभावकहरूलाई असल अभिभावक बन्ने बारे प्रशिक्षित गर्दै गत सालको माध्यमिक शिक्षा परीक्षामा विद्यालय बाट सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान पनि गरेको हो।

मनास्लु वर्ल्ड स्कुलका प्रधानाध्यापक गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लाइफ कोच तथा एक्सपर्ट प्रशिक्षक ईश्वर श्रेष्ठले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रममा मनास्लु टिम अफ एण्टरप्रेनरका प्रबन्ध निर्देशक राजन श्रेष्ठ , मनास्लु वर्ल्ड स्कुलकी शैक्षिक निर्देशक शशीकला खड्का , मनास्लु वर्ल्ड कलेजका वित्त प्रमुख कुमार मोक्तान सहित मनास्लु वर्ल्ड स्कुलका शिक्षक शिक्षिकाहरू, अभिभावकहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावक र विद्यालय बिचको सम्बन्ध सुमधुर बनाउँदै विद्यार्थीको शैक्षिक उन्नतिका लागि योगदान गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै मनास्लु वर्ल्ड स्कुलकी एकेडेमीक हेड शशिकला खड्काले स्कुलको विगतदेखि वर्तमान सम्मको अवस्था, शैक्षिक योजना तथा उपलब्धिहरू लगायतका बारेमा जानकारी गराइन्। उनले विद्यालय विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि सदैव सचेत रहेको भन्दै शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैलाई गुणात्मक रूपमा बढाउँदै लाने योजना रहेको बताइन्। नयाँ सालको नयाँ योजनाका रूपमा विद्यालयले कमजोर विद्यार्थीहरू छनोट गरेर सुरुबाटै पृष्ठपोषण सहित आवश्यक थप कक्षाहरू व्यवस्था गर्ने, विभिन्न कक्षागत क्लबहरू मार्फत क्रियाकलापहरू सञ्चालन गर्ने र सामाजिकीकरणका लागि विभिन्न बाहिरी कार्यहरूमा संलग्न गराउने योजना बनाएको उनको भनाई थियो। आजको कार्यक्रम पछि अभिभावकहरू सचेत हुँदै आफ्नो अभिभावकीय भूमिका सफलतापूर्वक निभाउन सफल हुने विश्वास पनि उनले व्यक्त गरिन्।

कार्यक्रममा सम्मान प्राप्त गरेपछि गत वर्ष एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूले खुसी व्यक्त गरे। मात्र एजुकेसन सँग कुरा गर्दै उनीहरूले आफ्नो विद्यालय शिक्षाका लागि सही विद्यालय छनोट गरिएछ भनेर आज गर्व महसुस गरेको उल्लेख गरे। आफूहरूको शैक्षिक सफलताको श्रेय विद्यालय र शिक्षक शिक्षिकालाई दिएका उनीहरूले आफ्नो विद्यालय अझै धेरै अघि बढेको हेर्ने चाहना रहेको बताए। कार्यक्रममा उपस्थित अभिभावकहरूले पनि अर्थपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै विद्यालय प्रशासनलाई धन्यवाद दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले उपस्थित सबैलाई धन्यवाद दिए। विभिन्न आरोह अवरोह पार गर्दै विद्यालय यो स्थानसम्म आइपुगेको उनको भनाइ थियो। हरेक चुनौतीमा अवसर देख्ने गरेको भन्दै अभिभावक दिवसमा करिब १० वर्षअघि घोषणा गरेको एम- एम लाई सार्थक बनाएको उनको भनाइ थियो । मन्टेश्वरी देखि मास्टर्स सम्मको त्यो योजना सुनाउँदै गर्दा सकारात्मक सहित नकारात्मक प्रतिक्रिया आए पनि कोभिडको चुनौतीकै बाबजुद जोखिम मोलेरै आँट गरेको सपना आज पुरा हुने चरणमा रहेको उनले उल्लेख गरे। चुनौतीका वापजुद डगमगाउन नदिएको आफ्नो सपना पहिलो बर्स नै अभिभावकहरूको उत्साहजनक साथ र सहयोगका कारण सफल भएको उनले बताए । आज स्कुलमा ४०० बढी र कलेजमा १६०० बढी विद्यार्थी सहित संस्था चलिरहेको उनले जानकारी दिए । एउटा व्यक्तिको सपना र भिजनमा सकारात्मक सोच भएका साथीहरूको टिमको साथ र सहयोगका कारण मनास्लु सफलताको बाटोतिर लम्कँदै गरेको उनको भनाइ थियो ।

सफलताको २४ औ वर्ष पार गरेर हाल २५ औँ वर्षमा सञ्चालन भइरहेको मनास्लु वर्ल्ड स्कुल मनास्लु टिम अफ एण्टरप्रेनर अन्तर्गत सञ्चालित छ भने चाबहिल क्षेत्रमा स्थापित शैक्षिक संस्था बनेको छ। रजत जयन्तीका अवसरमा यो वर्ष भर विभिन्न कार्यक्रम विद्यालयले गरेको छ।

मनास्लु वर्ल्ड स्कुलले नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहमा भर्ना खोलिसकेको छ। तपाईँ थप जानकारीका लागि यहाँ क्लिक गरेर विद्यालयको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot