Logo

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न



काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन गरेका छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका थिए । सुनिलकुमार मानन्धर, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठ, महासचिव नहेन्द्र खड्का, माओवादी बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेललगायतले मन्तव्य राखेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार गजुरेलले यो वर्षको नीति तथा कार्यक्रमलाई नयाँ ढंगले किसानहरुको हितमा हुनेगरी ल्याउन पहल गर्ने बताए । त्यसैगरी अहिलेको राजनीतिक परिवर्तन र जनताको जनजीविकामा आएको परिवर्तनमा किसान संगठनहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनले बताए । साथै, नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै उनले किसानको हक हितका लागि आवाज उठाउनसमेत आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot