Logo

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुईंकेल विभूषित



काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानव अधिकारकर्मी राजन प्रसाद कुईकेल विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुईंकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो । यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइएको छ । भने राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् । यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित भएका छन् ।

राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।

विभूषित कुईंकेल विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने मानवअधिकार क्षेत्रमा पनि उत्तिनै समयदेखि अभियानरत् छन् । कुईंकेल विश्वकै प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाको अध्यक्षसमेत रहिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot