Logo

आइपीएल : आज दुई खेल हुँदै



काठमाडौं, २ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्सबीच हुनेछ।

सो खेल नेपाली समयानुसार ३:४५ बजे एम चिन्नास्वामी स्टेडियममा हुनेछ।

यस्तै, अर्को खेल लखनउ सुपर जायन्टस र पन्जाब किंग्सबीच हुनेछ।

सो खेल नेपाली समायानुसार साँझ ७:४५ बजेदेखि एकना स्पोर्टस सिटीमा हुनेछ।

१० टोली सम्मेलित आइपीएलमा लखनउ अंकतालिकाको दोश्रो स्थानमा रहेको छ।

त्यस्तै, पन्जाब छैटौं, बेङ्गलोर आठौं र दिल्ली अंक तालिकाको पुच्छारमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot