Logo

प्रचण्डले आफैंलाई धोका दिए, परीणाम केही समयपछि थाहा हुन्छ : महासचिव पोखरेल



काठमाडौं, २ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका छन्।

एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत आज (शनिबार) हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका हुन्।

‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केही एमालेका नेता/कार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्