Logo

१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन



काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ ।

नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ । आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा ९ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आइतबारसम्म ५४ हजारभन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।

आयोगनका अनुसार माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण भएका छन् । आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot