Logo

ज्ञानेन्द्र शाहीको आग्रह– ‘प्रदेश खारेज गरौं, सांसद संख्या कटौती गरौं’



काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले बहुदलीय व्यवस्थाको ३४ वर्षीय इतिहासमा मुलुक झनै विनासतर्फ गइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले बहुदलीय व्यवस्थाको ३४ वर्षको इतिहासमा संसद् नेपाली जनताको भविष्य उज्जवल बनाउन नभएर केवल सत्ता, कुर्ची र पदको लागिमात्रै प्रयोग भएको बताएका हुन् ।

‘बहुदलीय व्यवस्था आएको ३४ वर्ष भयो । तर, एउटा कुरा कसम खाएर भनौं– यो देश विकास हुनुको सट्टा विनास हुँदै गएको छ । व्यवस्था मुलुकका लागि चाहिने हो, व्यवस्थाका लागि मुलुक होइन । ३४ वर्षको इतिहासमा यदि सर्वोच्च थलो कोही हो भने, नेपालीहरुको भविष्य उज्जवल बनाउने थलो यो संसद् हो । तर, आज यो संसद् विडम्बनाको साथ भन्नु पर्छ, विकास भन्दा पनि सत्ता, कुर्ची र पदका लागि प्रयोग भयो,’– सांसद शाहीले भने ।

अहिले सांसदहरुले जनतालाई यही व्यवस्था ठीक हो भनेर भ्रम छरिरहेको उनको दाबी छ । नेपालमा प्रदेशको आवश्यकता नै नरहेको उनको भनाई छ । प्रदेश खारेज गरेर सांसद संख्यामा कटौती गर्न पनि उनले आग्रह गरेका छन् ।
‘यो मुलुक धरासायी भएको छ । ८० लाख युवा विदेश जान बाध्य छन् । अझ हामी खोक्रा भाषण ठोकिरहेका छौं । टेबल ठटाइरहेका छौं । यो व्यवस्था ठीक हो भनेर जनतालाई भ्रम छरिरहेका छौं । प्रदेश खारेज गरौं । सांसदको संख्य १६५ बाट १०५ बनाउँ,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot