Logo

‘जित गया भाइ जित गया उपेन्द्र यादव जित गया’



काठमाडौं, ७ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा-२ का उम्मेद्‍वार उपेन्द्र यादवको जित सुनिश्चत भएको बताएका छन्।

बिहीबार चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका अध्यक्ष नेपालले बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चत भएको बताएका हुन्।

उनले भने, ‘आजको यो जनसागर देख्दा भन्न मन लाग्यो, जित गया भाइ जित गया उपेन्द्र यादव जित गया।’

उपेन्द्र यादव मधेसका मात्र नभइ पूरा देशको नेता भएको दाबी गर्दै उनले भने, ‘यदि पाँच दलीय गठबन्धन मजबुत भयो भने यो सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन पनि सक्दैन। त्यसैले यो गठबन्धनलाई मजबुत बनाउन पनि बारा-२ बाट उपेन्द्र यादवको जित अपरिहार्य छ।



प्रतिक्रिया दिनुहोस्