Logo

विष्णु रिमाल चीनमा, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता



काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजाल चीनमा छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको बैठकमा सहभागी हुन पुगेका हुन् । सो क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखसँग पनि भेटवार्ता गरेका छन् । उक्त बैठकमा वैचारिक विषयमा कम्युनिष्ट पार्टीहरुका बीचमा कार्यशालामार्फत विचार आदानप्रदान जारी रहेको रिजालको भनाई छ ।

रिजालले आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन्–

चिनियॉ कम्युनिस्ट पार्टीका विदेश विभागको कार्यालयमा २० देशका २१ पार्टीका नेताहरूसँगको बैठक सुरु हुनुअघि स्वागत गर्दै विदेश विभाग प्रमुख (मन्त्री) लिउ चिन्चाओ (Liu Jianchao) ले केही समयअघि आफूले नेपाल भ्रमण गर्दा नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग विचार-विमर्श गरेको स्मरण गर्दै दुई पार्टीबीचको हार्दिक र मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
बैचारिक विषयमा कम्युनिस्ट पार्टीहरूका बीचमा कार्यशालामार्फत विचार आदान-प्रदान जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot