मदन भण्डारी फाउण्डेशनबाट उषाकिरणले राजीनामा दिईन्


काठमाडौं । मदन भण्डारी फाउण्डेशनको अध्यक्षबाट उषाकिरण भण्डारीले राजीनामा दिएकी छिन् ।

यस्तै, फाउण्डेशनको अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रवहादुर पाण्डे चयन भएका छन् ।

आज (शुक्रबार) बसको फाउण्डेशनको बैठकमा भण्डारीले व्यक्तिगत र घरायसी कारणले राजीनामा दिएको बताएकी थिईन् ।

उषाकिरण मदन भण्डारीकी छोरी हुन् । उनी विगत ७ वर्षदेखि फाउण्डेशनको नेतृत्वमा थिईन् ।