Logo

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन तर केही समस्याहरु छन् : गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित केटीएम भ्वाइसको वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका हुन्।

अर्थतन्त्रमा देखापरेका समस्याहरुलाई समाधानका लागि छलफल गरिरहेको बताउँदै उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं। मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन। गम्भीर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन्। देखापरेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौं।’



प्रतिक्रिया दिनुहोस्