Logo

आजपनि देशका विभिन्न भू-भाग हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं, वैशाख ९ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज पनि देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा अहिले बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अपराह्नपछि पश्चिम तराईका केही स्थान र पहाडी भू-भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले आज राति कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

महाशाखाले अपरान्ह पछि तराईमा हावा(हुरीको सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot