Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लामा बैशाख १७ गते र नेपालगञ्जमा २० गते नागरिक अभिनन्दन गरिँदै



काठमाडौं, ९ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने भएको छ । सो क्रममा पूर्वराजा शाहले मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमण पनि गर्ने जनाईएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा जनता, राजा र राजनीतिक दलहरुले एकआपसका अनेक कमजोरीप्रति क्षमाशील हुँदै पूनः सहअस्तित्व र सहकार्यको बाटोमा जानुपर्नेमा जोड दिएका छन् । यदि सहकार्य नभए देशले अझै धेरै दुःख पाउने र मुलुक गम्भीर संकटमा फस्ने पनि खतरा औंल्याएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

बैशाख १७ गते जुम्लाको खलङ्गा र २० गते नेपालगन्जको रामलिला मैदानमा राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन१ सँगसँगै, मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमण।

यो देशमा जनता, राजा र राजनीतिक दलहरूले एक आपसका अनेक कमजोरीप्रति क्षमाशील हुँदै पुनस् सहअस्तित्व र सहकार्यको बाटोमा नजाने हो भने, यो देशले अझै धेरै दुख पाउनेछ र संभवतस् गम्भिर संकटमा फस्नेछ।



प्रतिक्रिया दिनुहोस्