Logo

अरु उम्मेदवार अवसरका लागि आएका हुन्, म नेचुरल उम्मेदवार हुँ– भट्टराई



काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसबाट तनहुँ– १ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गोविन्द भट्टराईले स्वभाविक र नेचुरल उम्मेदवार आफू भएको दाबी गरेका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अरु उम्मेदवार खाली भएको ठाउँमा अवसरका लागिमात्रै आएको टिप्पणी गरेका हुन् ।

‘म यहीबाट राजनीति सुरु गरेको यही जन्मिएको, हुर्किएको, पढेको, यही लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनमा सम्मिलित भएको विकास निर्माणका काम र जनतासँग जोडिएको र रामचन्द्र दाई राष्ट्रपति भएको ठाउँमा मैले स्वभाविक रुपमा, नेचुरल रुपमा टिकट प्राप्त गरेर उम्मेदवार भएको हुँ । उहाँहरु चाहिँ यहाँ खाली भएछ भनेर अवसरका लागि आउनु भएको मान्छे । अवसर प्राप्त गर्नका लागिमात्रै उहाँहरु आउनु भएको हो,’– सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।

तनहुँ– १ मा एक लाख २३ हजार तीन सय पाँच जना मतदाता रहेका छन् भने एक सय ५२ मतदान केन्द्र रहेको छ । ६९ वटा मतदानस्थल रहेको छ । तनहूँमा एमालेबाट सर्वेन्द्र खनाल, नेपाली कांग्रेसबाट भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेसहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्