Logo

पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइदै



काठमाडौं,१० वैशाख । राष्ट्रिय विभूती एवं पर्वतारोही पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस आज मनाईदै छ ।

काठमाडौंको चुच्चेपाटिस्थित शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पणगरि उनको स्मृति दिवस मनाउन लागिएको हो ।
नेपालको पहिलो महिला सगरमाथा आरोहीको रुपमा विश्वमा आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल शेर्पाको सगरमाथाको सफल आरोहनपछि फर्कने क्रममा हिँउमा चिप्लिएर बि सं २०५० साल वैशाख १० गते निधन भएको थियो ।

उनको योगदानको कदर गर्दै सरकारले २०५९ साल वैशाख १० गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनि नेपालको १५औं राष्ट्रिय विभूति हुन् ।



प्रतिक्रिया दिनुहोस्