Logo

मदनकृष्णलाई जन्मदिनको शुभकामना दिँदै दीपकले भने– ‘शान्त, सरल, नम्रता र शिष्टताको ब्राम्ड एम्बेसडर’



काठमाडौं, १० वैशाख । आज वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन हो । सो अवसरमा उनलाई देश तथा विदेशबाट आफन्तजन, शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यस्तै, उनलाई हाँस्य कलाकार एवं अभिनेता दीपकराज गिरीले पनि जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा उनले मदनकृष्णलाई शान्त, सरल, नम्रता र शिष्टताको ब्राम्ड एम्बेसडरको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘मदन दाई, एउटा कुरा थाहा छ ? भगवानले हजूर लार्इ २,४ वटा कुरामा ठगेका छन् नि ! अरूलाइ भन्दा कम दिएका छन् ! के कुरा था छ ? न अरूको जस्तो रिस देको छ, न इर्श्या र डाहा पाउनु भा छ । न घमन्ड दिएको छ । शान्त, सरल, नम्रता र शिष्टताको ब्राम्ड एम्बेसडर बनाएर पठाइदिएका छन् । अरबौं मान्छेहरूको भिडमा आज त्यहि एउटा प्रिय मान्छेको जन्मदिन ! हजूरलाइ कोटी कोटी शुभकामना !!’



प्रतिक्रिया दिनुहोस्