उपनिर्वाचन अपडेटः बारा– २ मा अहिलेसम्म ५० प्रतिशत मत खस्यो


काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ ।

अहिले पछिल्लो जानकारी अनुसार बारा–२ मा ५० प्रतिशत भन्दा बढि मत खसिसकेको छ । बारामा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।