पाल्पा दुर्घटना अपडेट : यी हुन् मृतक तथा घाइतेहरु (विवरणसहित)


काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ ।

बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ गाउँपालिकाको जोरधारमा सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुकासाथै ३८ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही देवदहकी राधिका पौडेल रहेकी छन् ।

घाईते सबैको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।