चितवन र बारामा मतपेटिका संकलन सुरु


काठमाडौं, १० बैशाख । चितवन र बारामा मतपेटिका संकलन सुरु भएको छ।

आइतबार सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा भएको मतदानपछि मतपेटिका संकलन गर्न सुरु गरिएको हो।

चितवन-२ र बारा-२ अन्तर्गतका मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतपेटिका संकलन गरि मतगणना स्थलतर्फ लगिँदै गरेको आयोगले जनाएको हो।