Logo

मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका



गोलबजार, १२ वैशाख । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा. नवीनकुमार यादवले बताए ।

“मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उनले भने, “विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot