Logo

महँगी बढेअनुसार पारिश्रमिक नबढ्दा भ्रष्टाचार बढ्यो– माधव सापकोटा



काठमाडौं, १२ वैशाख । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले भ्रष्टाचार एक सामाजिक रोगको रुपमा देखा परेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महँगी बढिरहेको अनुसार पारिश्रमिक नहुँदा पनि अहिले भ्रष्टाचार बढेको उनको बुझाई छ ।

‘अहिले ज–जसले भ्रष्टाचार गरेका छन्, राज्यले उचित ज्याला र पारिश्रमिकको व्यवस्था नगर्दा पनि भ्रष्टाचार भएका छन् । यसको पनि उत्तिकै वहस र ध्यानाकार्षण हुनुपर्छ । कर्माचारीहरुको वा अरुको बजारको महँगी बढेअनुसार पारिश्रमिक बढेको छैन,’– उनले भने ।

अहिले भ्रष्टाचार गर्नेहरु बढो बहादुर जस्तो र जसले सधै सदाचारको कुरा गर्छ उनी निरिहजस्तो हुने स्थिति बनेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot