कतारविरुद्ध लगातर विकेट गुमाउँदै नेपाल,सोमपाल ११ रनमा आउट


काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको छ ।

नेपालले लगातार विकेट गुमाउने क्रममा निक्कै आशलाग्दा खेलाडी कुशल मल्ललाई ३ रनमा गुमाएको केही समयमै छैटौं विकेटको रुपमा सोमपाल कामीलाई ११ रनमा गुमाएको छ ।

कुशल मल्ल र सोमपाल कामी आउट भएसँगै नेपाललाई निक्कै दबाव परिरहेको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २२ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनाउँदै खेलिरहेको छ । file photo