Logo

बालाजुको कोतःधुकु पेट्रोल पम्प सिल (भिडियोसहित)



काठमाडौं,१४ वैशाख । काठमाडौंको बालाजुमा रहेको कोतःधुकु पेट्रोल पम्प सिल भएको छ । आज काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखी घरको सटरमा पम्प संञ्चालन गरेको भन्दै बालाजु -ठमेल सडकको दायाँतर्फ रहेको पम्प सिल गरेको हो ।

मापदण्डको पालना नगनेको ब्यापक जनगुनासो पछी गएको फागुन १० गते पम्प संञ्चालकलाई महानगरपालिकाले स्पष्टीकरण सोधेको थियो तर स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएको भन्दै महानगरले आज पम्प सिल गरेको हो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय २०७६ मा गरेको भएपनि विभिन्न वाहानामा अहिलेपनि उक्त पम्पहरु हट्न सकेका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्