एसीसी कपको फाइनलका लागि नेपाल कुवेतसँग भिड्ने


काठमाडौं,१४ वैशाख । नेपालले आगामी शनिवार एसीसी कप क्रिकेट प्रतियोगीताको फाइनल प्रवेशको लागि कुवेतसँग भिड्ने भएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा हङकङ्गलाई ३० रनले पराजित गरेको कुवेत समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनल पुगेको हो भने नेपालले कतारलाई ६८ रनले हराउँदै समूह ‘ए’को विजेता बनेर कुवेतसँगको भेट पक्का गरेको हो ।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूह ‘बी’को विजेता भने युएई बन्यो।

अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

समूहमा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो। यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो।