Logo

लुम्बिनीको मुख्यमन्त्री बने कांग्रेसका चौधरी



काठमाडौं, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

सोही अनुसार प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

चौधरीले आज कांग्रेस र माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन दाबी पेश गरेका थिए।

लुम्बिनी प्रदेश सभा कूल ८७ सदस्यीय रहेको छ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका एक, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र सांसद रहेका छन्।

चौधरीलाई एमाले र राप्रपाका सांसदबाहेक सबै सांसदको समर्थन रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot