काठमाडौं,१५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबराले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार राप्रपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जबराले घण्टीको सामना गर्न राप्रपा सदैव तयार रहेको बताएका हुन् ।
उनले भने, ‘मैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ। त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ। घन्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ। अत्यन्त अफ्ठ्यारो परिस्थिति छ। त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ। यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ।’
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया