Logo

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा



काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्।

पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्।

उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्।

पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ।

सो क्रममा पूर्वराजा शाहले मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमण पनि गर्ने जनाईएको छ।

file photo



प्रतिक्रिया दिनुहोस्