बर्दिबासका मेयर फर्किए कांग्रेसमा,देउवाले गरे स्वागत


काठमाडौं,१६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पुनः नेपाली कांग्रेसमै फर्किएका छन्।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा मेयर क्षेत्रीलाई पार्टी सभापति देउवाले कांग्रेसमा स्वागत गरेका हुन्।

गएको स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएको झोकमा स्वतन्त्र उम्मेद्वारी दिएको क्षेत्री समूहले नगर प्रमुख,उपप्रमुखसँगै चारवटा वडासमेत जित्न सफल भएको थियो ।