Logo

निरा पाण्डेको हत्यामा संलग्न आरोपितलाई काठमाडौं ल्याईँदै



काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा गत वैशाख ७ गते भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ ।

पाण्डको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएरसमेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।

लुटपाटको लागि पाण्डेको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

आरोपित विकले हत्या भएकी महिलाको सिक्रि लगेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्