Logo

नेपाल टेलिकमको ‘आईसीटी डे आफर’ सार्वजनिक



काठमाडौं,१७ वैशाख । नेपाल टेलिकमले  ‘राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२३’  को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।

टेलिकमले सार्वजनिक गरेको अफरमा भ्वाईस कल र डाटा सुविधा उपलव्ध हुनेछ ।
यो सुविधा आज १७ गतेबाट लागू भएको छ । र १९ गतेसम्म रहनेछ ।

यस अफर अन्तर्गत सेवाग्राहीहरुले ४९ रुपैयाँमा २४ घन्टाको लागि एक एमबीपीएस डाटा र १०० मिनेटसम्म भ्वाइस कल सेवा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै तीन दिनको लागि ९८ रुपैयाँमा ६ जीबी, १९९ रुपैयाँमा ७ दिनको लागि १३ जीबी,२९४रुपैयाँमा १० दिनको लागि २० जीबी र ३९९रुपैयाँमा ३० जीबी डाटा १५ दिनसम्म चलाउन सकिनेछ ।

‘सुरक्षित सूचना प्रविधि,सुशासन र समृद्धि’ भन्ने नारासहित यहि वैशाख १९ गते राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२३ मनाईँदै छ ।



प्रतिक्रिया दिनुहोस्