पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारमाथि फेरि खनिए ओली, दरबारियाहरुले छौंडा खेलाएको आरोप (भिडिओसहित)


काठमाडौं, १७ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पहिचानको नाममा भएको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता देखिएको आरोप लगाएका छन् । उनले भने,‘यसको संलग्नता विभिन्नतिर देखिएको छ ।

ज्ञानेन्द्र शाह र उनको परिवारको देखिया छ, यो अनेकमार्फत देखिएको छ । यहाँ भित्रभित्र, अँ, उनीहरुका । मैले भन्छु भित्रभित्र चलाउनेलाई छौंडा खेलाउने भन्छ क्या, यिनीहरु पूर्व दरबारियाहरुले छौडा खेलाउन भ्याएका छन् ।’

आज (आइतबार) अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान, च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।